Khulla Bichar Online

नेपाली वामपन्थी आन्दोलनको वर्तमान सङ्कट र नयाँ बाटोको खोजी !

Advertisements

नेपाली वामपन्थी आन्दोलनको वर्तमान सङ्कट र नयाँ बाटोको खोजी
​ लेफ्ट (वामपन्थी) को वैचारिक धरातल हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ। तर मुख्य समस्या भनेको विश्वास को हो। प्रश्न उठ्छ आज जनताले किन अविश्वास गरे? कार्यकर्तामा किन व्यापक निराशा छाएको छ? र सिङ्गो वामपन्थी आन्दोलन किन बदनाम हुन पुग्यो?
​आज हाम्रो देश जटिल भू-राजनीतिक चक्रव्यूहमा फसिरहेको छ। भौगोलिक रूपमा गाँसिएका छिमेकीभन्दा आकाशमार्गबाट जोडिएका शक्तिहरूको हालीमुहाली बढ्दै जानु राष्ट्रिय सार्वभौमिकताका लागि ठूलो चुनौती हो। देशलाई यो भू-राजनीतिक दलदलबाट निकालेर सही व्यवस्थापन र समाधान दिन सक्ने सामर्थ्य मूलतः वामपन्थी शक्तिसँगै हुन्छ । तर, त्यसका लागि नेतृत्व सही, इमानदार, देशभक्त र जनपक्षीय हुनैपर्छ।
​अब प्रश्न उठ्छ , के पुराना दल वा पुराना नेताहरूबाट यो सम्भव छ? १००% छैन।
​त्यसो भए नयाँबाट सम्भव छ त? ‘नयाँ’ कसलाई भन्ने? कम्युनिस्ट पार्टीभित्रका पुराना युवाहरूबाट पनि परिवर्तनको सम्भावना देखिँदैन। किनभने तिनीहरूको दिमागमा नेतृत्वको देवत्वकरण गर्ने र व्यक्तिगत फाइदा उठाउने बाहेक वैचारिक आलोचना र रचनात्मक सुझाव दिने संस्कार नै बाँकी रहेन।
​पार्टीभित्र साँचो निष्ठा बोकेका र आलोचनात्मक सोच भएका कार्यकर्ताहरू अत्यन्तै थिचोमिचो (Dominate) मा परेका छन्। उनीहरूले नेतृत्वसँग खुल्ला छलफल गर्ने वातावरण नै पाउँदैनन, जसले वैचारिक बहस र छलफलको आँट गर्छ, उसलाई पार्टीभित्र टिक्नै नसक्ने अवस्था सिर्जना गरिन्छ।
​अर्को दुःखद यथार्थ के हो भने जसले पार्टी र राज्यसत्ताको स्वाद चाखेको छैन, जसको आर्थिक अवस्था कमजोर र सरल छ, उसलाई आजको समाजले पत्याउन छाडेको छ। हिजो कम्युनिस्ट बहसहरू सार्वजनिक चौतारी, पुस्तकालय र विश्वविद्यालयका क्यान्टिनहरूमा हुन्थे। आज त्यो परिस्थिति उल्टिएर तारे होटल (Star Hotels) का बन्द कोठामा सीमित भएका छन्। यस्तो भौतिक र वस्तुगत अवस्थाले नेता र कार्यकर्ताको सोच एवं मस्तिष्कमा असर पार्नु स्वाभाविकै हो।
​आज कम्युनिस्ट पार्टीहरूको साङ्गठनिक ढाँचा अत्यन्तै भद्दा र केन्द्रीकृत छ। पार्टी सत्ता पार्टी प्रमुखको हातमा सीमित भएपछि उसको मनपरी चल्ने परिपाटी नै मूल समस्या हो।
​अब केवल थीसिस (Thesis) वा सिद्धान्तको गफ र विश्लेषण मात्रै धेरै भयो, हामीलाई सिन्थेसिस (Synthesis) अर्थात् निष्कर्ष र समाधान चाहिएको छ। कम्युनिस्ट नेता-कार्यकर्ताहरूले भगेराको जत्रो सानो चित्त होइन, विशाल हृदय बनाउनुपर्छ। अबको नेतृत्वको चाबी इमानदार, विचारयुक्त र निष्ठावान् पुस्ताको हातमा पुग्नै पर्छ। के हामी बहसवाट सहि निस्कर्ष निकाल्न तयार हुन्छौं ? हुन्छौं भने , भनेर भन्सनुहोस समस्या समाधानको जुक्ति निस्कियो ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.