Khulla Bichar Online

“मलाई तिमी रिसाएकै मन पर्छ”

Advertisements

“मलाई तिमी रिसाएकै मन पर्छ”

• अर्चना अस्तानी मगर

जब म तिमीलाई धेरै माया गर्छु
तब म तिमीमाथि शङ्का पनि गर्छु
तिमी सही छौ भने तिमी रिसाउनेछौ
त्यसैले त मलाई तिमी रिसाएकै मन पर्छ

माया माया नै हो,
त्यहाँ सम्बन्धहरूको कुनै डोब हुँदैन
केवल मबाट टाढा भयौ कि
भन्ने डरले बेला-बेला
शङ्काको दृष्टिले हेर्दा तिमी रिसाउनेछौ
त्यसैले त मलाई तिमी रिसाएकै मन पर्छ।

तिमी मलाई पनि बेला-बेला शङ्का गरेर रिसाऊ
त्यतिबेला मायाले भरिएका आँखा देख्न पाऊँ
त्यतिबेला तिम्रो वास्तविक मायाको आभास गर्न पाऊँ
त्यसैले त मलाई तिमी रिसाएकै मन पर्छ!

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.