Khulla Bichar Online

महिला विश्वकप, ओलम्पिक र एसियन कपकाे भविष्य निर्धारण गर्ने खेल

नेपाली महिला फुटबल टोली आज उज्वेकिस्तान विरुद्ध उत्रने तयारीमा छ ।

आजको हारको अर्थ नेपाली महिला फुटबल टोलीले धेरै अवसर गुमाउनेछ । त्यसपछि केहि वर्ष नेपालले दक्षिण एसियाली फुटबलमा नै सिमित हुनुपर्नेछ।

यसअघि दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो ।

त्यसअर्थ आज राति नेपाली समयअनुसार ९:१५ बजे सुरु हुने खेल फाइनल सरह हुनेछ। दुवै टोलीको एक मात्र लक्ष्य जितसँगै एसियन कप छनोट नै हो। बराबरी भएको अवस्थामा टाइब्रेकरमा पुगेर पनि आजको खेलमा नतिजा निकाल्नु पर्ने हुन्छ।

आज जित निकालेमा नेपालको लागि अवसरका अरु ढोका पनि खुल्नेछ। आज जित नेपालको पक्षमा आएको खण्डमा २६ वर्षपछि महिला टोलीले एसियन कप खेल्नेछ।

यति मात्र होइन । एसियन कपमा पुग्नु भनेको फिफा महिला विश्वकप र सन् २०२८ को ओलम्पिकमा समेत पुग्ने बाटो खोल्नु हो।

अर्का वर्ष अस्ट्रेलियामा हुने एसियन कप त्यसपछि सन् २०२७ मा ब्राजिलमा आयोजना हुने विश्वकपको छनोट पनि हो। एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टोली फिफा महिला विश्वकपमा स्थान बनाउनेछ। त्यसैले आजको जित नेपाली महिला फुटबलको भविष्यसँग जोडिएको छ।

विश्व कपसँगै सन् २०२८ को ओलम्पिकको लागि पनि छनोटको रुपमा एसियन कप रहेको छ। त्यसैले आजको एक जितले एसियन कप, विश्व कप र ओलम्पिक छनोटको ढोका खुल्नेछ

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.