Khulla Bichar Online

नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी र सिर्जनशिल कृषि सहकारीको साधारणसभा पाैष २६ र २७ गते ।

नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा यही पौष २७ गते र सिर्जनशिल कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारणसभा पौष २६ गते हुने सूचना जारी गरिएको छ।

काभ्रे/ चौरीदेउराली गाउँपालिका–२ काभ्रेमा अवस्थित नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा यही पौष २७ गते आइतबार हुने भएको छ। यस्तै, सिर्जनशिल कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारणसभा पौष २६ गते शनिबार आयोजना गरिने सूचना जारी गरिएको छ।

दुवै संस्थाको साधारणसभा नाग्रेगगर्चे वडा कार्यालयमा हुने जनाइएको छ। साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कारोबारकर्ता तथा उत्कृष्ट बाल बचत सदस्यलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

महिलाहरूबाट मात्रै सञ्चालित नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था चौरीदेउराली गाउँपालिकाकै उत्कृष्ट तथा नमुना सहकारीका रूपमा परिचित छ। संस्थाले हालसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरिसकेको छ भने ८५० भन्दा बढी सदस्य आबद्ध छन्। ग्रामीण भेगमा साना–साना आर्थिक आवश्यकताहरू पूर्ति गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले स्थापनाकालदेखि नै ऋणमा अधिकतम १२ प्रतिशत ब्याजदर कायम गर्दै आएको छ, जुन हालसम्म स्थिर रहेको छ भने बचतमा ६ देखि १० प्रतिशत कायम छ।

यस्तै, सिर्जनशिल कृषि सहकारी संस्थाले बचत तथा ऋणसँगै मल, बीउ–बिजन वितरणको कार्यसमेत गर्दै आएको छ। करिब ६० लाख रुपैयाँ पूँजी रहेको यस संस्थामा ४०० जना शेयर सदस्य आबद्ध छन्।

संस्थाका सचिवहरुद्वारा जारी सूचनामा दुवै सहकारीका सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.