Khulla Bichar Online

“म”

  • रचना मोक्तान यात्री

पहिले म तिमीमा हराएकी थिएँ,

आज म आफूमा फेला परेकी छु।

अब म प्रेम गर्छु,

तर आफ्नै आँखाको उज्यालोलाई।

तिमी गयौ

तर म भाँचिनँ, टुटेनँ

म त फुलेँ, आफ्नै अस्तित्वको कोम्हेन्दो  झैँ।

अब मलाई तिम्रो सम्झना होइन,

आफ्नो सास मन पर्छ।

म अब म नै हुँ

पूरा, स्वतन्त्र, र सुन्दर।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.