
• लाेक लामा

जसले घर छाेडेर जानुभयाे
घर उजाड छैन ।
त्यही घरमा बसिरहेकाछन्
बास ।
पुरानै गतिमा
छाडेर जानुहुनेहरुले
याे घरलाई
देखे पनि नदेखेझैं गरिदिनुस्
याे घरमा दुई गाँस पाक्छ नै ।
तपाईंलाई गाँस नपुगेर नै
घर छाेड्ने निर्णय हाे त्याे
तपाईकाे ।
नयाँ घर कस्ताे छ ?
काे काे छन् नाैलाे अनुहार
तपाईकाे घरमा !!?
चीर शान्ति ओैधी हुन्छ हाेला
साेध्न ।
घरि घरि मन लाग्छ
उत्तर आउँछ नै।