
• ईमान सिं याेन्जन(गुँरास)
नयाँ भनिए पनि दर्शन विचार, आदर्श केही छैन। गतिलाे नेतृत्व बिना चर्का नारा मात्रै। चर्काे स्वार,जिम वाला पाखुराले देश सम्बृद्धी हुने भए दिपक मनाङ्गे प्रधानमन्त्री भैसक्थे। र गजुरियल स्टाईलले देश भन्ने भए युक्रेनकाे जेलेस्की संसार भरी हिराे कहलिन्थे।
नेपालको राजनीतिमा अहिले दुई किसिमका पात्र भेटिन्छन् । पहिलो, पुरानै तर पुरानै भनेर चिच्याइइरहनु नपर्ने, किनकि उनीहरूको चाल, बानी, स्वार्थ र कुर्सी मोहले आफैँ परिचय दिने।

दोस्रो, नयाँ भनिने तर धर्ती-मुनि पुरानै प्रवृत्ति बोकेका। नयाँ मुखको चमकभित्रै, पुरानै सास्ती र उही पोथी-प्वाँठी राजनीति। आजकल धेरैले आफूलाई २१ औँ शताब्दीको “राजनीतिक इन्टरनेट अपग्रेड ठानिरहेका छन् । तर भित्र गएर हेर्दा, सिसामा राखिएको मरिचजस्तै देख्दा चम्किलो, स्वाद भने उही तिखो स्वार्थमूलक। नयाँ’हरूको चरित्र : पुरानो किताबको नयाँ छापाखाना नयाँ भनिएका नेताहरूले देशमा केही परिवर्तन ल्याए होला भन्ने जनताको अपेक्षा थियो। तर आज त्यही ‘नयाँ’ शब्दले जनता दिक्क छन्। यिनको नीति, दर्शन, सपना केही छैन, छ भने स्वार्थ, कुर्सी, पद, शक्तिको थैली। कुनै दिन सडकमा घुँडा टेक्ने शैली, भोट माग्दा भावुक भाषण मात्र । कुनै दिन हामी पुराना जस्तै हुँदैनौँ भन्ने प्रतिज्ञा तर कुर्सी देख्ने बित्तिकै, पुराना दलका सबै गुण एकैपटक माथि निस्किन्छन्। भनेको जस्तै,रंग नयाँ भए पनि दिमाग पुरानै ।

कुलमान,रवि र बालेन नाटक : कुलमान घिसिङ नेपालको ऊर्जा क्षेत्रमा गरेको कामका कारण जनताले सम्मान गर्छन्। तर राजनीतिक रंग माटोले छोपेपछि आइतबार मन्दिर, सोमबार पार्टी अफिस,मंगलबार मेरो अडान बुधबार तिम्रो प्रस्ताव,यस्तो छाप परेको छ । देश चलाउनेहरू होइन,कुर्सीको एक्स्चेन्ज मार्केटका व्यापारीहरू जस्तै।
रवि लामिछाने र बालेन शाह जसरी नयाँ विकल्प भनेर उदाए त्यसरी नै अहिले नयाँ–नयाँ स्वार्थ को पर्दा खुल्दैछ। रवि भन्छन् उपसभापति ठीक छ। कुलमान भन्छन् मेरो उज्यालो बिना तिम्रो राजनीति अध्यारो हुन्छ, त्यसैले अध्यक्ष म र तेस्रो चरणमा प्रधानमन्त्री पनि। बालेन टाढाबाट हेर्दै सोच्छ ।
यसरी मर्जर गरे देश त होइन, फेसबुक कैरियर मात्र ठूला हुन्छन्…
यति ठूलो इगो कम्पिटिसन चलिरहेको बेला देशका जनताले बुझिसके,नयाँ भनिएका नेताहरूको मुख्य एजेंडा देश होइन, आफ्नो राजनीतिक भविष्यको इन्स्योरेन्स मात्रै हाे। एकता’ भनेर जनतालाई बेचिएको व्यापार मात्रै हाे।
अहिलेको राजनीति अनुसार कुर्सी बाँडफाँड गर्ने प्रक्रिया मात्रै हाे। कहिले कोण हेरिन्छ,कहिले कुन सीट सुरक्षित हुन्छ, कहिले कुन मन्त्रालयको ग्यारेन्टी, कहिले कुन पदमा कसको फोटो टाँस्ने यिनै कुराको हिसाब किताब नबनेसम्म कुनै एकता सम्भव छैन। त्यसमाथि कुलमानले आफू भविश्यमा प्रधानमन्त्री बन्नुपर्ने माग राखेपछि रवि र बालेनका अनुहार पल्टिँदै गएको दृश्य टिकटकमा हेर्न मिल्ने स्तरको ड्रामा। देशको भविष्य भन्दा स्वार्थको भविष्य अघि सारियो। जनता मुर्ख होइनन् कसको स्वार्थ कसको राष्ट्रवाद बुझ्छन् । जनताले एक एक पात्रलाई विश्लेषण गर्दै छन् ।
रविको सबै कुरा ‘ब्रेकिङ न्यूज स्टाइल नाटक बालेनको म म एउटा स्वतन्त्र सुपरहिरो हुँ’ शैली। जनताले हेर्नेछन् हाम्रो बत्ती बाल्ने मान्छे राजनीतिमा आएपछि देश झनै अध्यारो हुन थाल्यो कि? हिजो कुर्सीको विरोध गर्नेहरू आज कुर्सीको तस्बिर सजाएर राख्छन्। हिजो पुरानालाई गाली गर्नेहरू आफ्नो स्वार्थ नजोडिँदा पुरानालाई भन्दा कठोर स्वार्थ प्रयोग गर्छन्। राजनीतिक रोग पुरानो नै हो ।
औषधि बदलिएको जस्तो देखिए पनि सक्रिय तत्त्व उही हो।

नयाँ नेता किन देशको लागि खतरा बन्दैछन् ?
नयाँ भनिए पनि दर्शन विचार, आदर्श केही छैन। गतिलाे नेतृत्व बिना चर्का नारा मात्रै। चर्काे स्वार,जिम वाला पाखुराले देश सम्बृद्धी हुने भए दिपक मनाङ्गे प्रधानमन्त्री भैसक्थे। र गजुरियर स्टाईलले देश भन्ने भए युक्रेनकाे जेलेस्की संसार भरी हिराे कहलिन्थे।
कुर्सी क्याल्कुलेटर दिमाग कुन पदबाट कति शक्ति आउँछ ? कुन पार्टीमा गए लाभ ? कुन ठाउँमा फोटो बढी भ्युज आउँछ ?
यिनै प्रश्नले भित्रबाट चलाउँछ। मिडिया मैनेजमेन्ट राजनीति देश चलाउने होइन फेसबुक, युट्युब, टिकटकमा ‘इन्फ्लुएन्सर शैली’ प्रस्तुति।
अहं र ‘मैँ’ संस्कृतिले यिनीहरू बीच सहकार्य सम्भव छैन। किनकि सबै आफूलाई भविष्यको ‘उद्धारकर्ता’ मान्छन्। प्रयोगवादी र पपुलिज्मा राजनीति अनन्त सम्म गएकाे ईतिहास दुनियामा छैन।
जनतालाई प्रयोग गर्ने,समाजबादकाे एजेन्डा मेटाउने,आफ्नो महत्व बढाउने,यही राजनीतिक शैली छ ।
राजनीतिक पार्टी होइन अब ‘व्यक्तिगत कम्पनी’ बनेको राजनीति नेपालका पार्टीहरू धेरैले कम्पनीको मोडेलमा रूपान्तरित छन्।
जहाँ अध्यक्ष ‘सीईओ’ बाँकी सदस्य ‘स्टाफ’,कुर्सी ‘स्टक’ र जनता ‘कस्टमर’। र नयाँ भनिने यी पात्रहरू यही कम्पनीमा नयाँ शाखा खोल्ने उद्यमी जस्ता छन्।
कुलमानको “कम्पनी मेरो नियम”रविको “ब्रान्ड मेरो नामी” बालेनको “स्वतन्त्र फ्रान्चाइज”यी सबैले देशलाई होइन, आफ्नो नेटवर्कलाई मात्र बढाउँदै छन्। यो मनोवृत्ति राष्ट्रको लागि किन घातक छ ? किनकि जहाँ परिमाण ठूलो छ।त्यहाँ परिणाम सधैं जनतामै पर्छ।
एकता नहुनुको कारण राष्ट्र होइन स्वार्थको टकराव हाे। आज जोसुकै नेतासँग सोधे भैगाे। नेता साँचाे त बाेल्दैनन् तर आफैले आफैलाई ढाट्न सक्दैनन् दारुकाे तालमा आन्द्रा बुढी निक्लिने गरि वाकवाकी गरि हाल्छन्।
एकता किन सम्भव छैन ?
उनीहरूले बाह्य कारण दिन्छन्,नीति, दिशा, आदर्श भिन्न भयाे। तर भित्री सतहमा एउटा मात्र साँचो हुन्छ मेरो पद सुरक्षित हुन्छ कि हुँदैन ? कुलमानले भनेको ‘म भावी प्रधानमन्त्री’ रविलाई चित्त बुझ्दैन। रविले भनेको ‘तिमी उपसभापति भए पुग्छ’कुलमानलाई चित्त बुझ्दैन।
बालेन भन्छन् म त मेरो बाटो हिँड्छु,तिमीहरू एकअर्काको छायाबाट बाहिर निस्कन नसक्ने। यसरी निजी स्वार्थहरूको हेपाहा प्रवृत्ति टकराईरहेछ।
आज राजनीति होइन, देशकै भविष्य खाइदिँदै छ।राष्ट्रभक्तिको नाटक,देशभक्तिको अभाब छ। आजभोलि ‘राष्ट्रभक्ति’ सबैको भाषणमा पाईन्छ। तर राष्ट्रभक्ति कहाँ चाहिन्छ ? कुन बेला चाहिन्छ ? किन चाहिन्छ ? थाहा छैन। पदमा ?अध्यक्षतामा ? प्रधानमन्त्रीमा?फोटोमा ? भित्तामा? राष्ट्रभक्ति त्यहाँ हुन्छ । जहाँ देशका साधारण नागरिकका समस्या बुझिन्छ। सिमामा,दसगजामा,लाहुर गएर लाएका लाहुरेकाे पिडामा छ।
जहाँ आफ्नो स्वार्थ होइन, राष्ट्रको स्वार्थ प्राथमिक हुन्छ।तर यिनीहरूलाई कुर्सीको नक्साचाहिँ मुखैभित्र कण्ठग्रन्थिमा टाँसिएको छ। कुलमानको उज्यालोको भाषा
रविको नयाँ राजनीतिक शैली, बालेनको आफू नै ‘परिवर्तन’ भएको प्रस्तुति यी सबै जनतालाई सुरुवातमा राम्रो लाग्यो। तर अहिले जनताले बुझिसके विद्युत् उत्पादनको इन्जिनियरिङ जत्तिकै राजनीतिक इन्जिनियरिङ झन कठोर हुन्छ। बालेनकाे पपकाे हल्ला भन्दा,साँचाे राजनीतिक परिवर्तनको सल्लाह निर्मम हुन्छ। रबीकाे टिबीकाे ब्रेकिङ न्युज भन्दा,राजनीतिकाे ब्रेक थ्रु निकै गाह्रो हाे।
(याे लेख लेखकका नीजि बिचार हुन्)