
काठमाडौं/ रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी बीच एकता गर्ने सहमति भएको छ।


सोमबार दुवै दलका नेताबीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको हो। एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति गरिएको छ।
सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गरिएको छ। विविधतामा एकतालाई राष्ट्रिय विशेषताका रूपमा स्वीकार गरिएको उल्लेख छ।
दुवै पार्टीले विगतका कमजोरी सच्याउँदै संघीयता सुदृढीकरण, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।