
काभ्रे/ भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित भुम्लु गाउँपालिका स्तरीय अन्तरविद्यालय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवं मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता-२०८२ भव्य रूपमा सम्पन्न भएको छ।


सामाजिक विकास समितिका संयोजक श्री अञ्चल कुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल प्रमुख अतिथि, उपाध्यक्ष जितेन्द्रमान तामाङ विशिष्ट अतिथि तथा जिल्ला समन्वय समितिका सदस्य श्री कमलराज गिरी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ अन्तर्गत
प्रथम: श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु-०१ रिठ्ठे
द्वितीय: श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु-०४ याक्पा
तृतीय: श्री अरुणोदय माध्यमिक विद्यालय, भुम्लु-०२ सिम्थली
भएका छन्। श्री सेतीदेवी माध्यमिक विद्यालय, रिठ्ठे लगातार तेस्रो पटक पनि पालिका प्रथम हुन सफल भएको हो।
त्यसैगरी शिक्षक भलिबल प्रतियोगिता तर्फ
प्रथम: श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु-०४ याक्पा
द्वितीय: श्री अरुणोदय माध्यमिक विद्यालय, भुम्लु–०२ सिम्थली
तृतीय: श्री प्रकाश माध्यमिक विद्यालय, भुम्लु-०८ भुम्लुटार
रहेका छन्।

आयोजक शिक्षा शाखाले प्रतियोगितालाई सफल, भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने रेफ्री, शिक्षा समिति, विद्यालय, शिक्षक-कर्मचारी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ।
साथै प्रतियोगितासँगै आयोजित रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताप्रति हार्दिक आभार प्रकट गरिएको छ।
