Khulla Bichar Online

जिल्ला बाल सञ्जाल काभ्रेको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित

काभ्रे । जिल्ला बाल सञ्जाल काभ्रेपलाञ्चोकको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित भएका छन्। शुक्रबार धुलिखेलमा सम्पन्न छैटौं जिल्ला बाल भेलाबाट न्यौपाने सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। उनी हाल धुलिखेल नगर बाल सञ्जालका संयोजकसमेत रहेका छन्।
भेलाबाट उपाध्यक्षमा पाँचखालकी पूर्णकुमारी परियार र महाभारतकी कुशुम मोक्तान निर्वाचित भएका छन्। सचिवमा मण्डनदेउपुरकी रोशनी रम्तेल चयन हुँदा क्षेत्रगत सहसचिवमा बनेपाकी गोपिनी तिमल्सिना, नमोबुद्धका निरोज अधिकारी र पनौतीका समिर सापकोटा चयन भएका छन्।


यस्तै, कोषाध्यक्षमा भुम्लुकी युनिसा खरेल चयन भएकी छन्। सदस्यहरूमा धुलिखेलका स्पर्ष व्याञ्जू, पनौतीका जेशन थापा, बेथानचोककी ममता श्रेष्ठ, खानीखोलाकी नेहा खुलाल र रोशीका राम तामाङ चयन भएका छन्।


तेमाल र चौरीदेउराली गाउँपालिकाबाट भने आगामी बैठकमार्फत पदपूर्ति गरिने जनाइएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई विभिन्न संघ–संस्थाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.