Khulla Bichar Online

चौरिदेउराली-२ मा सिर्जनशील कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । चौरिदेउराली गाउँपालिका-२ को विकट क्षेत्र नाग्रेगगर्चेमा स्थापित सिर्जनशील कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

जनप्रतिनिधि देवी श्रेष्ठ र रेवती परियारले संयुक्त रूपमा पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य राम श्रेष्ठले राखेका थिए।

संस्थाकी अध्यक्ष ननिता लामाको सभाअध्यक्षतामा सम्पन्न साधारणसभामा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सहकारीकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। शेयर सदस्यहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।

साधारणसभामा सचिव लक्ष्मी लामाले वार्षिक गतिविधि तथा आगामी कार्ययोजना समेटिएको प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष प्रज्ञा गौतमले आर्थिक गतिविधि र वार्षिक अनुमानित बजेट समेटिएको प्रतिवेदन पेश गरिन्। त्यस्तै, लेखा समिति संयोजक विश्वास लामाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा २०८१/०८२ का उत्कृष्ट शेयर सदस्य मिठु लामा, उत्कृष्ट बचत शेयर सदस्य अबिन प्रधान तथा उत्कृष्ट बाल बचत सदस्य लासाङ लामालाई सम्मान गरिएको थियो।

संस्थाले स्थापना भएको सात वर्षको अवधिमा ३६६ जना शेयर सदस्य पुर्‍याएको र हालसम्म करिब ४५ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको जानकारी दिइयो। सहकारीले बचत तथा ऋण सेवा प्रदान गर्नुका साथै किसानहरूलाई रासायनिक मल, बीउ–बिजन उपलब्ध गराउँदै आएको छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष ननिता लामाले आफ्ना मन्तव्य राख्दै साधारणसभामा सहभागी सबैलाई धन्यवाद व्यक्त गरिन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.