Khulla Bichar Online

पनौतीमा Lamas Boy’s Club का फुटबल खेलाडीलाई १३ सेट जर्सी हस्तान्तरण

Advertisements

पनौती । पनौती नगरपालिकास्थित Lamas Boy’s Club का फुटबल खेलाडीहरूलाई १३ सेट जर्सी हस्तान्तरण गरिएको छ। स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउने उद्देश्यले आयोजित कार्यक्रममा जर्सी वितरण गरिएको हो।
जर्सी सहयोग पनौती-५ निवासी समाजसेवी, व्यवसायी तथा नेता इन्द्र कुमार श्रेष्ठले गर्नुभएको हो। सहयोगप्रति आयोजक पक्षले आभार व्यक्त गर्दै यसले क्लबका युवा खेलाडीहरू थप उत्साहित भएको जनाएको छ।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील) र अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष विरेन्द्र लामाको पहल तथा उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, एकता र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
Lamas Boy’s Club ले आगामी दिनमा खेल गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.