Khulla Bichar Online

बेथानचोक-६ मा नेकपाको निर्वाचन परिचालन कमिटी गठन

काभ्रेपलाञ्चोक / बेथानचोक गाउँपालिका वडा नं-६ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं-१ को निर्वाचन परिचालन कमिटी गठन, सम्पर्क कार्यालय तथा वडा कमिटी कार्यालयको संयुक्त उद्घाटन गरिएको छ।

कार्यक्रम काभ्रे क्षेत्र  नं-१ का प्रत्यक्ष उम्मेदवार दिननाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सम्बोधन गर्दै गौतमले देश जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै जेन्जी आन्दोलनले उठाएका मुद्दा जनताको वास्तविक माग भएको बताए। समानुपातिक, समावेशी र उत्पीडित समुदायका हकहित नेकपाका मूल एजेण्डा भएको उनको भनाइ थियो।

कार्यक्रममा समानुपातिक उम्मेदवार मिना पाख्रीन, युवा नेता दैबलाल घिसिङ (अनुसिल) पेमा लामा लगायत नेताहरूले तारा चिन्हमा मतदान गरी नेकपालाई विजयी गराउन अपिल गरे।

उमेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.