
काभ्रे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत चौरीदेउराली गाउँपालिका वडा नं. ७ मादनकुँडारी काठमाडौँ सम्पर्क समिति तथा गाउँ कमिटीको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ।


बैठक निर्वाचन परिचालन समितिका सह-संयोजक कमरेड नमस्कार लामाको सभापतित्वमा आईतवार सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य रत्न ढकालको प्रमुख आतिथ्यमा भएको हो । बैठकमा केन्द्रीय सदस्यहरू रेनुका चौलागाई र राजिव मोक्तान विशेष अतिथि रहनुभएको थियो। त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्य तेज पन्थ, प्रदेश कमिटी सदस्य विनोद घिसिङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेश अध्यक्ष कर्म लोपसाङ लामा, प्रदेश सदस्यहरू भरत लामा र उद्धव चौलागाईको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले निर्वाचन परिचालन र पार्टी निर्देशन सम्बन्धी प्रशिक्षणात्मक धारणा राख्नुभएको थियो। बैठकले पूर्व नेकपा माओवादी केन्द्र, पूर्व नेकपा एकीकृत समाजवादीका काठमाडौँ सम्पर्क तथा गाउँ कमिटीमा रहेका सम्पूर्ण कमरेडहरूलाई निर्वाचन प्रचारप्रसार परिचालन समितिमा समेट्ने निर्णय गरेको छ।
यस्तै, कमरेड नमस्कार लामाको संयोजकत्वमा तीन सदस्यीय आर्थिक समिति गठन गरिएको छ। जसमा सुदर्शन श्रेष्ठ र बोरसमान वाइबा सदस्य रहनुभएको छ।

बैठकले आउदो फाल्गुन २ गते मादन डाँडामा निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गर्ने र सोही दिन निर्वाचन परिचालन समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ।