Khulla Bichar Online

रोशी-६ सिपालीमा नेकपाकाे १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, सम्पर्क कार्यालय उद्घाटन

रोशी, काभ्रे । नेपाली कम्युनिष्ट पार्टी काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिका वडा नं. ६ सिपालीमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। २८ गते सम्पन्न वडा स्तरीय बैठकले मानबहादुर तामाङको संयोजकत्व र कालु बलको सह–संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकमा पार्टीका बागमती प्रदेश सचिवालय सदस्य तथा रोशी गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक तिलकबहादुर लामा (नविन) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सम्बोधनका क्रममा उहाँले नेकपाको विजय भएमा मात्र संविधान र वर्तमान व्यवस्थाको रक्षा तथा राष्ट्रियताको संरक्षण सम्भव हुने उल्लेख गर्दै अन्यथा देश र जनताका लागि दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुने धारणा राख्नुभयो।

बैठकमा निर्वाचन परिचालन समितिका सह–संयोजक जगत लामा लगायत स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। प्रभावकारी ढंगले निर्वाचन अभियान सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू बैठकले गरेको जनाएको छ।

सो अवसरमा प्रमुख अतिथिद्वारा घट्टेघोलामा वडा नं. ६ स्तरीय नेकपाको सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको थियो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.