Khulla Bichar Online

चौरीदेउराली-६कार्तिक देउरालीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

कार्तिके देउराली, काभ्रे। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चौरीदेउराली गाउँपालिका–६ मा वडा कमिटी कार्यालय उद्घाटन सँगै निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न गरेको छ। बैठकले रमेश ठकुरीको संयोजकत्व र होमप्रसाद दुलालको सह–संयोजकत्वमा साविक वडाहरू केन्द्रित रहने गरी ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सदस्य राजीब लामा, प्रदेश कमिटी सदस्य दुर्गा सिंह लामा, हरि खड्का, तेज पन्त, शिव पन्त, विदुर गौतमलगायत जिल्ला कमिटी सदस्य,वडा कमिटी सदस्य तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईले चौरीदेउरालीलाई शहीदहरूको भूमि भन्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा आजको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। नेकपाको विजयले मात्र संविधान र व्यवस्थाको रक्षा हुने दाबी गर्दै उहाँले प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम वडा कमिटी संयोजक रमेश ठकुरीको सभापतित्वमा तथा छबिलाल गौतमको सञ्चालनमा सम्पन्न भएको हो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.