Khulla Bichar Online

काभ्रेमा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, बेलर स्कुल प्रथम

काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता वनेपास्थित पञ्चकन्या बैन्क्वैटमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका २३ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा बेलर स्कुल प्रथम, प्रगति प्रभात विद्यालय द्वितीय, वनेपाको लिन इन्टरनेशनल बोर्डिङ स्कुल तृतीय तथा पनौतीको सिद्धार्थ स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भए।

प्रतियोगिताका विजेता विद्यालयले आगामी फागुन २ गते धादिङमा आयोजना हुने प्याब्सन बागमती प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा सहभागिता जनाउनेछन्।

कार्यक्रम प्याब्सन काभ्रेका सचिव विमल न्यौपानेको सञ्चालन, अध्यक्ष श्याम बहादुर भुजेलको सभापतित्व तथा प्याब्सन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.