Khulla Bichar Online

वाङ्थलीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-१ वाङ्थलीमा वडा कार्यालय उद्घाटन गर्दै ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

२८ गते सम्पन्न वडा स्तरीय बैठकले राजु आले तामाङको संयोजक र सागर तामाङको सह-संयोजकत्वमा समिति गठन गरेको हो।

कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य राजीब लामा, प्रदेश कमिटी सदस्य दुर्गा सिंह लामा, हरि खड्का, तेज पन्तलगायत जिल्ला तथा वडा कमिटीका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि चौलागाईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा आजको मुख्य जिम्मेवारी भएको बताउँदै नेकपाको विजयले मात्र संविधान र व्यवस्थाको रक्षा हुने दाबी गर्नुभयो। प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भएर परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम वडा कमिटी संयोजक राजु आले तामाङको सभापतित्वमा सम्पन्न भएको हो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.