Khulla Bichar Online

नाग्रेगगर्चेमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-२ नाग्रेगगर्चेमा वडा कार्यालय उद्घाटन गर्दै १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

२९ गते सम्पन्न वडा स्तरीय बैठकले अर्पण माेक्तानको संयोजक,शिव प्रधानको सह–संयोजक र पुर्ब वडा अध्यक्ष दिनेश लामाकाे ईन्चार्ज रहने गरि समिति गठन गरेको हो।

कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य राजीब लामा, बिष्णु गाैतम प्रदेश कमिटी सदस्य तेज पन्त,दुर्गा सिंह लामा, हरि खड्का,लगायत जिल्ला सदस्य हरि बहादुर प्रधान दिनेश लामा,तथा वडा कमिटीका नेता–कार्यकर्ताहरूको बाक्लाे उपस्थिति रहेको थियो।

प्रमुख अतिथि चौलागाईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा आजको मुख्य जिम्मेवारी भएको बताउँदै नेकपाको विजयले मात्र संविधान र व्यवस्थाको रक्षा हुने दाबी गर्नुभयो। प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भएर परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यश वडामा दुति,गगर्चे,दवासे,किल्पु,पलाक्थली,नाग्रेमा घरदैलाे कार्यक्रम समेत सम्पन्न गरेकाे छ। कार्यक्रम वडा कमिटी संयोजक अर्पण माेक्तानकाे सभापतित्वमा सम्पन्न भएको हो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.