Khulla Bichar Online

राेशी शिखरपुरमा नेकपाको १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

रोशी, काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिका–१२ शिखरपुरमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। २९ गते सम्पन्न वडा स्तरीय निर्वाचन परिचालन समितिको बैठकले सुब्बा लाल तामाङको संयोजकत्वमा समिति गठन गरेको हो।

बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रोशी गाउँपालिकाका उपप्रमुख मिम बहादुर वाइबा (ज्वाला)ले देश अहिले नेकपाको एजेण्डामा अगाडि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न एकजुट भएर लाग्न कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा प्रदेश सदस्य फुर्साङ मोक्तान,अभियान भुजेल प्रदेश परिषद सदस्य भोला मैनाली , रोशी गाउँपालिकाका उपाध्यक्ष गौरब मोक्तान, सचिव सुकलाल तामाङ, पालिका नेता प्रेम स्याङतानलगायतको उपस्थिति रहेको थियो।

बैठकले प्रभावकारी ढंगले निर्वाचन अभियान सञ्चालन गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ। साथै प्रमुख अतिथिद्वारा शिखरपुरमा वडा नं. १२ को नेकपा सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो।

यसैगरी, नेकपा रोशी गाउँपालिका–११ मा पनि बैठक सम्पन्न भई शेर बहादुर लामाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको पार्टीले जनाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.