Khulla Bichar Online

कटुन्जेमा ५७ सदस्यीय नेकपाकाे निर्वाचन परिचालन समिति गठन

रोशी, काभ्रे – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिका–७ कटुन्जेमा वडा स्तरीय बैठक सम्पन्न भई ५७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

४ गते सम्पन्न बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै समिति गठन गरेको हो। कार्यक्रममा नेकपाका बागमती प्रदेश सदस्य अशोक गौतमले मुलुक नेकपाको एजेण्डामा अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न सबै कार्यकर्ता एकताबद्ध हुनुपर्ने बताए।

बैठकमा रोशी गाउँपालिका उपाध्यक्ष तिमाल सिङ तामाङ, नेताहरू दिपक गौतम, बिदुर काेईराला लगायतको उपस्थिति रहेको थियो।

बैठकले प्रभावकारी ढंगले निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गर्दै ६, ७ र ८ गते उम्मेदवारसहित पालिकास्तरीय घरदैलो कार्यक्रममा सक्रिय सहभागिता जनाउने जनाएको छ।

यसअघि वडा नं. ९ र २ मा पनि ३ गते बैठक सम्पन्न भएको थियो। साथै २ गते नेकपाका केन्द्रीय सदस्य सुर्यमान दोङको प्रमुख आतिथ्यतामा रोशी–काठमाडौं सम्पर्क समन्वयको कार्यकर्ता भेला कार्यक्रम व्यापक सहभागितासहित सम्पन्न भएको पार्टीले जनाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.