
चौरीदेउराली, काभ्रे – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-३ माझीफेदामा वडा पार्टी कार्यालय तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेकाे छ। भाेज प्रसाद गाैतमको संयाेजक र भुमी गाैतमकाे सह संयाेजकमा ९९सदस्य निर्वाचन परिचालन कमिटी गठन गर्दै, घरदैलो अभियान सञ्चालन गरेको छ।


कार्यक्रम पार्टीका केन्द्रीय सदस्य बिष्णु गाैतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य राजीब लामा सहभागी हुनुभएको थियो भने अतिथिहरूमा प्रदेश सदस्य तथा पालिका निर्वाचन परिचालन कमिटीकाे संयाेजक तेज पन्त,सह संयाेजक हरि खड्का, प्रदेश सदस्य दुर्गा सिंह लामा, जनमुक्ति सेनाकाे पुर्ब कमान्डर कुमार तामाङ(तेन्जिङ), र जिल्ला सदस्यहरु टंक चाैलागाई, चित्र प्रसाद चाैलागाई र कमल गाैतम लगायत जिल्ला कमिटी तथा पालिका–वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रमुख अतिथि गाैतमले जनयुद्धबाट प्राप्त उपलब्धि र संविधानको रक्षा आजको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै नेकपाको विजयले मात्र वर्तमान व्यवस्था सुरक्षित रहने दाबी गर्नुभयो। विशेष अतिथि राजीब लामा र दुर्गा सिं लामाले
प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भई परिचालन हुनुपर्नेमा जोड दिनुभयो। घण्टी बजाउँदै हिड्नेहरु बिचार बिहिन भएकाले घण्टी बजाउँदै आउदा राष्ट्रिययता,जनजीबिका,जनतन्त्र,समाबेशी लगायत थुप्रै प्रश्नहरु गर्नुस।मुन्टाे मात्रै हल्लाउछन् भने बुझ्नुस ती नक्कली ठग जाेगी हुन। ठग र बिचार बिहिनहरुले देश बनाउदैनन्।

कार्यक्रममा अन्य वक्ताहरूले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमकै अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट सुकुम्बासी मोर्चाका केन्द्रीय सदस्य हरि ढुंगानाले नेकपामा प्रवेशको घोषणा गरेका छन्।
निर्वाचन परिचालन कमिटी सह–संयोजक भाेज प्रसाद गाैतमको सभापतित्व र अनिल लामाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।