
काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारसँग तीन दिन सार्वजनिक बिदा माग गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले मतदाताको सहज सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरिएको जानकारी दिएका छन्।

किन लगातार ७ दिन बिदा पर्न सक्छ?
यदि सरकारले आयोगको प्रस्ताव स्वीकृत गरेमा नेपालीहरूले लगातार सात दिनसम्म बिदा पाउने सम्भावना रहेको छ।
फागुन १८ र १९ – होली पर्व
फागुन २०, २१ र २२ – निर्वाचन बिदा (प्रस्तावित)
फागुन २३ – शनिबार (साप्ताहिक बिदा)
फागुन २४ – अन्तर्राष्ट्रिय नारी दिवस
यसरी पर्व, निर्वाचन र अन्तर्राष्ट्रिय दिवस एकैसाथ परेकाले सर्वसाधारणले निरन्तर एक साता विश्राम मनाउने सम्भावना देखिएको छ।
यद्यपि, बिदा दिने वा नदिने अन्तिम निर्णय भने सरकारको हातमा रहनेछ। सरकारले प्रस्ताव स्वीकृत गरेमा विद्यालय, बैंक तथा सरकारी कार्यालयहरूमा लामो बिदा पर्नेछ भने निजी क्षेत्रले पनि त्यसको प्रभाव झेल्नुपर्नेछ।