Khulla Bichar Online

रास्वपा प्रचार गाडीमा मदिरा र खाद्यान्न बरामद, प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा प्रयोग भएको गाडीबाट मदिरा र खाद्यान्न बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यानको सल्लिबजारबाट खौरातर्फ जाँदै गरेको कर्णाली प्रदेश–०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बिहान नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी डा. हेम केसीका अनुसार गाडीबाट रक्सी ७ कार्टुन, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुन बरामद गरिएको छ।

प्रहरीले सो गाडीमा रास्वपाको झण्डा, ब्यानर र साउण्ड सिस्टम समेत फेला पारेको जनाएको छ। निर्वाचन आचारसंहिता विपरीत मदिरा तथा खाद्यान्न बोकेर प्रचारमा हिँडेको पाइएपछि गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.