Khulla Bichar Online

नेपालमा रासायनिक मल महँगिने र अभाव हुने संकेत

काठमाडौँ । इरान र इजरायल बीच बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य फेरि उकालो लाग्ने संकेत देखिएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालय ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले हाल मूल्य कति बढ्छ भन्ने स्पष्ट नभए पनि अवस्थाले मल आपूर्तिमा असर पर्ने सम्भावना बढेको बताएका छन्।
द्वन्द्व अघि नै मलको मूल्य वृद्धि हुने संकेत देखिएकोमा अहिलेको असहज परिस्थितिले मूल्य अझै बढ्ने र अभाव समेत हुन सक्ने आशंका गरिएको छ। केही दिनअघि इरानले इजरायलस्थित एक रासायनिक प्लान्टमा मिसाइल आक्रमण गरेपछि आपूर्ति श्रृंखला थप प्रभावित भएको छ।
नेपालमा प्रयोग हुने अधिकांश रासायनिक मल भियतनाम, चीन तथा पश्चिम एसियाली देशहरूबाट आयात हुँदै आएको छ। अहिलेको द्वन्द्वका कारण ढुवानी र आपूर्ति प्रभावित हुँदा रोपाइँको समयमा मल अभाव हुने जोखिम बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा डिएपी मलको मूल्य प्रति टन ९००–९८० अमेरिकी डलर र युरियाको ७५०–८५० डलर पुगेको छ। सामान्य अवस्थामा भने यस्ता मलको मूल्य ४५०–६०० डलर आसपास रहने गर्दथ्यो।
सरकारले परिस्थितिको निगरानी गर्दै आवश्यक पहल अघि बढाउने जनाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.