Khulla Bichar Online

डहु माविको ऐतिहासिक सफलता : ११ जनाले ल्याए 4 GPA

रामेछाप-सुनापति गाउँपालिका–४, बेथान डहुस्थित श्री डहु माध्यमिक विद्यालय ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै पहाडी ग्रामीण भेगकै उत्कृष्ट विद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो।

विद्यालयका प्रधानाध्यापक दल बहादुर तामाङ का अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ४८ जना विद्यार्थीमध्ये प्राविधिक धार कम्प्युटर इन्जिनियरिङतर्फ ९ जना तथा साधारण धारतर्फ २ जना गरी जम्मा ११ जना विद्यार्थीले 4 GPA प्राप्त गरेका छन्।

छात्राबास सुविधासहित सञ्चालन हुँदै आएको यस विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको अत्यधिक चाप बढ्दै गएको बताइएको छ। दुर्गम पहाडी ग्रामीण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट नतिजाका कारण विद्यालयले जिल्लामै मात्र होइन, ग्रामीण भेगकै नमुना शैक्षिक संस्थाको छवि बनाएको स्थानीयको भनाइ छ।

उज्यालो नेपालका नायकका रूपमा चिनिने कुलमान घिसिङ ले पनि आफ्नो प्राथमिक तहको अध्ययन यही विद्यालयबाट पूरा गरेका थिए। विद्यालयको उत्कृष्ट नतिजासँगै स्थानीयवासी तथा अभिभावकहरूमा खुसी छाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.