Khulla Bichar Online

NTO काभ्रेको सचिवालय बैठक सम्पन्न, जिल्ला अधिवेशन भदौ २०–२१ गते हुने

बनेपा, काभ्रे । नेपाल शिक्षक संगठन (NTO) काभ्रेको सचिवालय बैठकले सदस्यता नवीकरण, पालिकास्तरीय संगठन विस्तार तथा जिल्ला अधिवेशनको मिति तय गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
नेपाल शिक्षक संगठन काभ्रेका संयोजक चेतबहादुर लामाको अध्यक्षतामा सम्पन्न बैठकले २०८३ असार मसान्तभित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसैगरी, सोही अवधिभित्र पालिकास्तरीय भेला, बैठक तथा सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि गरिएको छ।
बैठकले संगठन एकताको जिल्ला अधिवेशन २०८३ भदौ २० र २१ गते बनेपामा आयोजना गर्ने निर्णय समेत गरेको जनाएको छ।
अनिक लामाको सञ्चालनमा सम्पन्न बैठकमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कृष्ण अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा दुर्गा सिंह लामा, कुवाङ्छु लामा तथा प्रेमबहादुर बस्नेत विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
बैठकबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित सबै तहका नेतृत्वलाई निर्देशन दिँदै अध्यक्ष चेतबहादुर लामाले बैठकको समापन गर्नुभएको थियो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.