
काभ्रेपलाञ्चोक/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ स्थित बीपी राजमार्ग अन्तर्गत बुचाकोटको सेल्फी डाँडामा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको सनाखत भएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा ८ जनाको घटनास्थल तथा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। साथै, घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार बस अनियन्त्रित भएर सडकबाट तल खसेको हुन सक्ने बताइएको छ।
दुर्घटनाले राेशी क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ भने मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बुच्चाकोट बस दुर्घटनाका घाइते र मृतक सबैको पहिचान खुल्यो
१. जिल्ला काभ्रे रोशी गा.पा. ८ बस्ने बर्ष २२ की एनिशा तामाङ हात खुट्टामा चोट, अवस्था मध्यम
२. ऐ. रोशी गा.पा. ६ बस्ने बर्ष २० की बिष्णु डोल्मो तामाङ, निधार,नाक,र पेटमा चोट, अवस्था मध्यम
३. ऐ.ऐ. बस्ने बर्ष ६० को धन बहादुर तामाङ, टाउको अनुहरमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. बस्ने बर्ष ३० को चन्द्र तामाङ, निधार,हात खुट्टामा चोट, मध्यम ।
५. ऐ.ऐ. बस्ने बर्ष १८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
६. ऐ.ऐ. बस्ने बर्ष ४० को मनब तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
७. ऐ.ऐ. रोशी गा.पा. ७ बस्ने बर्ष ६० को डम्बर बहादुर शाह,टाउको, दाहिने हात र खुट्टामा चोट गम्भीर ।
८. ऐ.ऐ. रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, मध्यम ।
९. जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर बादी, निधार,दाहिने खुट्टामा चोट, मध्यम ।
१०. जिल्ला काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ, दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम । (चालक)
११. ऐ. जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की बिष्णुमाया लामा, टाउकोमा चोट, मध्यम ।
१२. ऐ. जिल्ला तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ, टाउको,गर्दन, छातिमा चोट, मध्यम ।
१३ जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बिबि माया तामाङको छोरा बर्ष ४ को सुबाश तामाङ, देब्रे खुट्टामा चोट, मध्यम ।
१४. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बस्ने मृतक सुमि लामाको छोरा १८ महिनाको उग्रेन लामा टाउकोमा चोट, मध्यम ।
१५. ऐ.ऐ. बस्ने बर्ष ७७ को सार्कीमान लामा टाउको र छातिमा चोट, गम्भिर ।
१६. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष २२ की बिबिमाया तामाङ टाउकोमा,शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर ।
मृतकहरु
१. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ७३ को मेघ बहादुर तामाङ ।
२. ऐ. रोशी गा.पा. ७ बस्ने बर्ष ३४ की फुलमाया तामाङ ।
३. ऐ. ६ बस्ने बर्ष ७५ को इन्द्र बहादुर तामाङ ।
४. ऐ.ऐ. ८ बस्ने बर्ष ६० की प्यारी माया तामाङ ।
५. जिल्ला दैलेख बस्ने बर्ष ३० को बम बहादुर भण्डारी (त्रिनेत्र दल गण भकुण्डेबेशीमा कार्यरत नेपाली सेनाको अमलदार रहेको) ।
६. जिल्ला सिन्धुली घ्याङलेक गा.पा. ४ बस्ने बर्ष २२ की सुमि तामाङ । (पहिचान गर्ने मृतकको श्रीमान निराजन घिसिङ )
७. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ५५ को राजु तामाङ ।
८. जिल्ला काभ्रे रोशी गा.पा. ७ बस्ने बर्ष ६० की माया तामाङ ।