
“कोही दास, कोही लास”

• राजीव माेक्तान तामाङ
कोही दासहरू छन्,
कोही लासहरू छन्।
कोही आसहरू छन्,
कोही त्रासहरू छन्।
कोही खासहरू छन्,
कोही झ्यासहरू छन्।
कोही हाँसिरहेका छन्,
कोही रोइरहेका छन्।
कोही बेचिरहेका छन्,
कोही किनिरहेका छन्।
कोही सत्तामा छन्,
कोही सडकमा छन्।
कोही बोलिरहेका छन्,
कोही मौन छन्।
कोही उज्यालो खोज्दैछन्,
कोही अँध्यारोमै बस्छन्।
कोही सपना देख्छन्
कोही सपनामै बाँच्छन्।