Khulla Bichar Online

कुँडूवाल कृषि सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

तेमाल/तेमाल गाउँपालिका-३ स्थित कुँडूवाल कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा शनिबार संस्थाकै स्वामित्वमा रहेको कुँडूवालस्थित भवनमा सम्पन्न भएको छ।

सभाका प्रमुख अतिथि मेजर धनलाल तामाङले कृषि क्षेत्रको विकासका लागि आधुनिक कृषि प्रविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले परम्परागत तथा रैथाने बालीको संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादनमा लैजानुपर्ने बताउनुभयो। यसबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने उहाँको भनाइ थियो।

संस्थाका अध्यक्ष नरबहादुर तामाङको सभापतित्वमा सम्पन्न सभामा विशेष अतिथिलगायत वक्ताहरूले सहकारीलाई संस्थागत रूपमा थप सुदृढ गर्दै सदस्यहरूको आर्थिक गतिविधिमा सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए। स्थानीयस्तरमा कृषि उत्पादन तथा आयआर्जनका गतिविधिलाई प्रवर्द्धन गर्न सहकारीले थप प्रभावकारी भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ थियो।

सभामा संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि तथा आगामी कार्ययोजनाबारे बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष, सचिव र कोषाध्यक्षले जानकारी गराएका थिए।

साधारण सभाले आगामी कार्यकालका लागि जगतमान तामाङको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ। समितिको उपाध्यक्षमा मसिनी तामाङ, सचिवमा परमानन्द बम्जन, उपसचिवमा डिल्लीमान तामाङ, कोषाध्यक्षमा माया तामाङ तथा सदस्यहरूमा इन्द्रमाया तामाङ, ओकबहादुर तामाङ, जेम्स तामाङ र आशालाल तामाङ चयन भएका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.