
चौंरीदेउराली गाउँपालिका मा. वि. स्तरीय English Grammar Quiz Contest कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत महान दास लामाको प्रमुख आतिथ्यता ,४ नम्बर वडा अध्यक्ष रामप्रसाद चौलागाई, शिक्षा शाखा प्रमुख कालिप्रसाद पाण्डेको विशेष आतिथ्यता तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरु, अंग्रेजी विषयका शिक्षकशिक्षिकाहरु, १० वटा माध्यमिक विद्यालयका प्रतिस्पर्धी भाइबहिनीहरुको विशेष उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।
प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालय क्रमशः बुद्ध हिमालय मा. वि. , सिर्जनशील जनता मा. वि. र जागृति मा. वि. लाई प्रमुख अतिथी लगायतले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरियो ।
यस कार्यक्रमलाई विशेष बनाउन पुरस्कार (विजयी विद्यालय तथा सहभागी १० वटा विद्यालयलाई ट्रफी,१० जना विषय शिक्षक हरुलाई १० वटा मेडल, प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई कपी पुरस्कार तथा मेडल) र रु. २०००/- खाजाको लागि नगद समेत सहयोग गर्नु हुने पूर्व शिक्षक, सामाजिक अभियन्ता चौरीदेउराली -७, हाल लण्डनमा रहनु भएका पूर्ब शिक्षक पुष्प लामा ,चौंरीदेउराली -६, हाल अष्ट्रेलियामा बस्नु हुने इन्जिनियर राजकुमार गौतमले कार्यक्रमको लागि सहयोग गर्नुभएको थियो ।
विद्यालयको आगामी शैक्षिक तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम, शैक्षिक गुणस्तर सुधार , खेलकुद, शैक्षिक सामग्री, पोशाक, न्यानो कपडा, विद्यार्थी खाजा, छात्राबृत्ति लगायतका विभिन्न क्षेत्रमा सहयोगका लागि पूर्व बिद्यार्थी ,शिक्षक तथा सहयोगी महानुभावहरुलाई आयोजकको तर्फबाट हार्दिक आभार प्रकट गरियो ।