
नेपाल संकटको भुमरीमा! राजनीतिक अस्थिरता, आर्थिक पतन र सामाजिक असमानताले राष्ट्रलाई निराशाको गहिराइमा धकेलेको छ। दशकौँदेखि सत्तामा पुगेका दलहरू मुख्यत :कांग्रेस, एमाले लगायतले ‘समृद्ध नेपाल’ को सपना देखाए, तर ती खोक्रा नारामा सीमित भए। दुरदर्शी योजना र जनउत्तरदायी नीतिको अभावले राज्य-जनताबीचको विश्वास लगभग समाप्त भएको छ। लाखौँ युवा वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा राज्य मौन दर्शक बनेको छ।
यही निराशाको आगोबाट जन्मियो-‘जेन जी आन्दोलन’! नयाँ पुस्ताको विद्रोही ज्वाला, जसले पुरानो कुव्यवस्थालाई ‘अस्वीकार’ को उद्घोष गर्दै नयाँ नेपालको खोजी गरिरहेको छ।
१. पुरानो कुव्यवस्थाविरुद्ध विद्रोह!
‘जेन जी’ (१९९७–२०१२ जन्मिएका) अब असक्षम नेतृत्वको कफनमा बेरिएर बस्दैनन्। वैदेशिक रोजगारीका नाममा लाखौँ सपना विदेशिए, तर राज्यले तिनका पीडा सुनेन। बेरोजगारी, अवसरहीनता र भ्रष्टाचारको आगो मा पोलेर उनीहरूले ‘जेन जी आन्दोलन’ जन्माए । कुनै पार्टीको झण्डा होइन, स्वतःस्फूर्त जनक्रान्ति!
उनीहरू भन्छन्:
“खोक्रा घोषणापत्र होइन, परिणाम चाहियो!”
पुरानो सत्ता ‘बिचौलिया र माफियातन्त्र’ मा डुबेको उनीहरूको ठहर छ।
२.निराशाको जड: दलाल संस्कृति र लुटतन्त्र
कुशासनको जरो नापी, मालपोतदेखि न्यायालयसम्म फैलिएको छ। न्यायालय राजनीतिक भागबण्डाको अखडा बन्दा न्यायको लास गाडियो। शिक्षा र स्वास्थ्यलाई ‘म्यानपावर कम्पनी’ बनाइयो । राष्ट्रनिर्माण होइन, विदेशी श्रम निर्यात मात्र!
३.अर्थतन्त्रको कथा झनै दर्दनाक:
२०४६ पछिका सरकारहरूले उद्योग-कलकारखाना बेचेर उत्पादनक्षमता ध्वस्त पारे।
विदेशी ऋण र अनुदानको भिखारी बनेको नेपाल।
‘स्वाभिमानी नेपाल’ को नारा ठट्टा बनेको छ!
सार्वजनिक जग्गा नेताहरूको निजी सम्पत्ति बन्दा राष्ट्रिय संकट आकाशिएको छ।
४. भिजनरी नेतृत्वको शून्यता: दोष विदेशीलाई, लुट आफैँलाई!
देशसँग विकासको ब्लुप्रिन्ट छैन। नेताहरू असफलता ढाक्न विदेशी शक्तिमाथि उफ्रिन्छन्। सस्तो राजनीतिको क्लासिक नमुना!
पुरानो दलहरूले भ्रष्टाचारका फाइलहरू लुकाएर सुधारको ढोका बन्द गरेका छन्। यो हो तिनको ‘राष्ट्रप्रेम’!
५. ‘जेन जी आन्दोलन’: नयाँ नेपालको ब्लुप्रिन्ट
यो आन्दोलन पीडा, आक्रोश र सपनाको विस्फोट हो। युवाहरूको ४-सूत्रीय म्यानिफेस्टो:
क. पारदर्शी र जवाफदेही शासन
ख. शिक्षा, स्वास्थ्य, रोजगारीमा क्रान्तिकारी लगानी
ग. उत्पादनमुखी अर्थतन्त्रको जन्म
घ. दलहरूको आत्मसमीक्षा नत्र इतिहासको कूडादान!
ङ. वैज्ञानिक समाजवाद + पारदर्शी नेतृत्व = नयाँ नेपाल
यही हो युवाको अन्तिम विकल्प!
६. निष्कर्ष: अबको नेपाल युवाको!
‘जेन जी आन्दोलन’ क्रान्तिको बीउ हो । जसले पुरानो संरचनालाई भत्काएर समृद्ध नेपाल उभ्याउनेछ। यदि नेतृत्वले आत्मसमीक्षा गरेन भने इतिहासले तिनलाई बिर्सनेछ।
यो पुस्ता होइन, यो आँधी हो!
यो विद्रोह होइन, यो पुनर्जन्म हो!
अबको नेपाल-युवाको, सपनाको, समृद्धिको!
नेपाल संकटको भुमरीमा! राजनीतिक अस्थिरता, आर्थिक पतन र सामाजिक असमानताले राष्ट्रलाई निराशाको गहिराइमा धकेलेको छ। दशकौँदेखि सत्तामा पुगेका दलहरू मुख्यत :कांग्रेस, एमाले लगायतले ‘समृद्ध नेपाल’ को सपना देखाए, तर ती खोक्रा नारामा सीमित भए। दुरदर्शी योजना र जनउत्तरदायी नीतिको अभावले राज्य-जनताबीचको विश्वास लगभग समाप्त भएको छ। लाखौँ युवा वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा राज्य मौन दर्शक बनेको छ।