
काठमाडौं / बागमती प्रदेश डजबल संघको निर्वाचन सर्वसम्मत रूपमा काठमाडौंमा सम्पन्न भएको छ। निर्वाचनबाट महेन्द्र विष्ट संघको अध्यक्षमा चयन भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला र कोषाध्यक्षमा रूपात्री ढंगाना निर्वाचित भएका छन्।


त्यसैगरी कार्यसमिति सदस्यहरूमा मन्दीरा कुमारी दाहाल, लक्ष्मण सुनार, राजाराम पण्डित क्षेत्री र विकास अधिकारी चयन भएका छन्।
सर्वसम्मत नेतृत्व चयनसँगै बागमती प्रदेशमा डजबल खेलको विकास र भविष्यप्रति सकारात्मक सन्देश गएको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन्।
नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्टले आफूलाई दिएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै डजबल खेलको विकासमा सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भने,
“सर्वसम्मत रूपमा जिम्मेवारी सुम्पिनु भएकोमा सबैप्रति आभार व्यक्त गर्दछु। संघको पारदर्शिता र सुशासन कायम गर्दै खेलाडी, प्रशिक्षक र सबैको हकहित तथा क्षमता विकासलाई हाम्रो मुख्य प्राथमिकता बनाइनेछ।”
अध्यक्ष विष्टका अनुसार आगामी दिनमा प्रदेशस्तरका प्रतियोगिता, तालिम तथा अवसरहरू विस्तार गरिनेछ। साथै, युवा प्रतिभाको पहिचान र प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यका साथ योजनाबद्ध कार्यक्रम अघि बढाइनेछ।
नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशमा डजबल खेललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
