Khulla Bichar Online

प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीबीच एकताको तयारी,छलफल तिब्र

काठमाडौँ । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी तीव्र बनेको छ। दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भइसकेको र आइतबार साँझ ६ बजे शीर्ष तहका नेताहरूको संयुक्त बैठक बस्ने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिएका छन्।
उनका अनुसार उक्त बैठकमा एकताको ढाँचा, राजनीतिक कार्यदिशा र भावी नेतृत्वबारे ठोस निर्णय गर्ने तयारी छ। हालसम्म भएका वार्तामा दुवै पक्षबीच वैचारिक र संगठनात्मक विषयमा सकारात्मक समझदारी बनेको जनाइएको छ।
यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको गृहकार्यमा रहेको थियो। तर रास्वपामा विलय हुने गरी अघि नबढ्ने निष्कर्षसहित सो प्रक्रिया रोकिएको थियो।
प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीबीच सम्भावित एकताले समकालीन नेपाली राजनीतिमा नयाँ समीकरण ल्याउने आँकलन गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.