Khulla Bichar Online

समानुपातिक सूचि: विडम्बनाको यात्रा !

• राजु स्याङतान तामाङ – महाेत्तरी

  • समानुपातिक व्यवस्था ल्याउन हजारौं चन्द्रहरु युद्धभूमिमा लडिरहँदा चन्द्र ढकालहरु तारे होटलमा बसी योद्धाहरुलाई आतंककारी भन्दै थिए । विडम्बना, तीनै ढकालमा पुत्रहरु समानुपातिक सूचिमा परे ।

१. समानुपातिक व्यवस्था ल्याउन प्रबिना गोलेहरुले गोली खाए, अंग गुमाए । विडम्बना, तीनै प्रबिनाका छापामार साथीहरुको पीडा बेचेर डलर कमाउने प्रकाश सपूतहरु समानुपातिक सूचिमा परे ।

२. समानुपातिक व्यवस्था ल्याउन तिर्थ गौतमहरु बन्दुक बोकेर लडे । विडम्बना, तिर्थ नचिन्ने त्रिशला गुरुङहरु समानुपातिक सूचिमा परे ।

३. समानुपातिक व्यवस्था ल्याउन हजारौं अनुषाहरुले बचपन गुमाए, किशोरावस्था गुमाए, मिस नेपालको विरोध गर्दा कुटाइ खाए ।विडम्बना, तिनै अनुषाहरुलाई ‘गँवार’ देख्ने कथित मिस नेपाल अनुष्का श्रेष्ठहरु समानुपातिक सूचिमा परे ।

४. समानुपातिक व्यवस्था ल्याउन हजारौं रिमा, सीमाहरुले रगत बगाए । जातव्यवस्थाविरुद्ध उमा, धन, रुपा, सोना, सरिताहरुले व्यक्तिगत जिन्दगी गुमाए, रहर गुमाए । विडम्बना, उत्पिडक महिलाको अञ्जुलीमा नाच्ने रिमा विश्वकर्माहरु समानुपातिक सूचिमा परे ।

५. समानुपातिक व्यवस्था ल्याउन हजारौं चन्द्रहरु युद्धभूमिमा लडिरहँदा चन्द्र ढकालहरु तारे होटलमा बसी योद्धाहरुलाई आतंककारी भन्दै थिए । विडम्बना, तीनै ढकालमा पुत्रहरु समानुपातिक सूचिमा परे ।

६.समानुपातिक व्यवस्था ल्याउन हजारौं विदुर र विदुषीहरु युद्धमैदानमा ढले । त्यसबेला धनाढ्य विदुषीहरु क्रान्ति रोकिन्छ भन्नेमा होइन, जुत्ताको अर्डर रोकिन्छ भन्नेमा चिन्तित थिए । विडम्बना, आज तिनै विदुषी राणाहरु समानुपातिक सूचिमा परे ।        र

७. समानुपातिक व्यवस्था ल्याउन हजारौं बलबहादुरहरु दुश्मनको अड्डामा ढलिरहँदा सहरका बालेनहरु भाँङधतुरोको अड्डामा ढलिरहेका थिए । विडम्बना, आज तिनै बालेनहरु समानुपातिक सूचि बनाउनेमा परे ।

९. समानुपातिक व्यवस्था ल्याउन हजारौं रबिहरु आँधीसँग लडिरहँदा टेलिभिजनमा ट्याउँ ट्याउँ कराउने रबि लामिछाने डान्सबार र डिस्कोमा कतै लडिरहेका थिए । विडम्बना, आज तिनै रबिहरु समानुपातिक सूचि बनाउनेमा परे ।

१०. … र समानुपातिक व्यवस्था ल्याउन दिलमाया बोम्जन, गुम्बासिंह तामाङ, च्याङ्बा लामा र माइला लामाहरु डम्फू र बन्दुक बोकिरहँदा कुलमान घिसिङहरु विदेशी विश्वविद्यालयमा किताब घाेकिरहेका थिए । विडम्बना, आज तिनै कुलमानहरु समानुपातिक सूचि बनाउनेमा परे । ** विडम्बनाको यात्रा चल्दैन धेरै ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.