Khulla Bichar Online

“लाेकप्रियतावादकाे लहैलहैमा”

Advertisements

भरत प्रसाद घिमिरे

“पसिना र रगतकाे ईतिहास बिर्सदै, लाेकप्रियतावादमा भुलिएकाे पुस्ता।”

थोत्रो भोटो र लगौंटीको भरमा

खोरिया फाँड्दै फाँड्दै तिम्रो घरजम बसाएको इतिहास के थाहा

लोकप्रियतावादको पछि लाग्दै कुद्ने ति छोराछोरीलाई ।

आधापेट गुन्द्रुक र ढिडोको भरमा

आफ्ना छोराछोरीको सुन्दर भविष्यकालागि

पसिनाले चुर्लुम्म शरिरिर भिजाउदै

हातमा ठेला उठाउने बा को कथा के थाहा

लोकप्रियतावादको पछि लाग्दै कुद्ने ति छोराछोरीलाई ।

पंक्षि जस्तै खुल्ला आकाशमा

स्वतन्त्रता पूर्वक तिमीलाई सयर गर्न

र

मेरा विरुद्ध हुंकार गर्न सक्ने बनाउन

मैले बगाएको रगतको महत्त्व नबुझी

लोकप्रियतावादको लहैलहैमा

तिमी दगुर्छौ भने

मैले भन्नु केही छैन नानीबाबु मैले भन्नु केही छैन ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.