Khulla Bichar Online

“लाेकप्रियतावादकाे लहैलहैमा”

भरत प्रसाद घिमिरे

पसिना र रगतकाे ईतिहास बिर्सदै, लाेकप्रियतावादमा भुलिएकाे पुस्ता।”

थोत्रो भोटो र लगौंटीको भरमा

खोरिया फाँड्दै फाँड्दै तिम्रो घरजम बसाएको इतिहास के थाहा

लोकप्रियतावादको पछि लाग्दै कुद्ने ति छोराछोरीलाई ।

आधापेट गुन्द्रुक र ढिडोको भरमा

आफ्ना छोराछोरीको सुन्दर भविष्यकालागि

पसिनाले चुर्लुम्म शरिरिर भिजाउदै

हातमा ठेला उठाउने बा को कथा के थाहा

लोकप्रियतावादको पछि लाग्दै कुद्ने ति छोराछोरीलाई ।

पंक्षि जस्तै खुल्ला आकाशमा

स्वतन्त्रता पूर्वक तिमीलाई सयर गर्न

मेरा विरुद्ध हुंकार गर्न सक्ने बनाउन

मैले बगाएको रगतको महत्त्व नबुझी

लोकप्रियतावादको लहैलहैमा

तिमी दगुर्छौ भने

मैले भन्नु केही छैन नानीबाबु मैले भन्नु केही छैन ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.