Khulla Bichar Online

एमाले लाई भोट किन ?


एमालेलाई नै भोट किन ?
४७ सालदेखि देश लुट्दा पनि
अझै नपुगेको जस्तो देखिन,
जनताको पसिनाबाट
सत्ता र सम्पत्ति दुबै चुसिरहन।
एमालेलाई नै भोट किन ?
मदन भण्डारीको हत्यारा खोज्ने नाटक गर्दै
सत्यलाई फाइलभित्र गाडिरहन,
प्रशासन र अदालत कब्जा गरी
न्यायलाई पार्टी कार्यालयमा थुन्न।
एमालेलाई नै भोट किन ?
भ्रष्ट, दलाल, बिचौलिया र माफियालाई
राज्यकै छातामुनि हुर्काउन,
सर्बहारा जीवनको शपथ खाएर
नवधनाड्य वर्गको राजकुमार बन्न।
एमालेलाई नै भोट किन ?
मार्क्सवाद-लेनिनवादलाई
भित्तामा झुन्ड्याइने पुराण बनाउन,
गिरीबन्धु टी-स्टेटलाई
कानुनी जामा पहिर्याएर बचाउन।
एमालेलाई नै भोट किन ?
ललिता निवासको जग्गा
फेरि-फेरि निगल्न,
भुटानी शरणार्थीको पीडामाथि
कमिसनको व्यापार चलाउन।
एमालेलाई नै भोट किन ?
कार्यकर्तालाई अरबौंको ठेक्का बाँड्न,
भूमाफिया, शैक्षिक माफिया
र मेडिकल माफियालाई
राष्ट्रिय विकासको साझेदार घोषणा गर्न।
एमालेलाई नै भोट किन ?
उपचारको नाममा करोडौं झ्वाम पार्न,
महाकाली सन्धीजस्ता
राष्ट्रघाती दस्तावेज
इतिहास दोहोर्याउन।
एमालेलाई नै भोट किन ?
एनजिओ-आइएनजिओको बोर्डमा
देशको स्वाभिमान टाँस्न,
ॐनी, यति, वाइडबडी, जलहरी काण्डलाई
‘सामान्य प्रक्रिया’ भन्न।
एमालेलाई नै भोट किन ?
प्रतिष्ठानको नाममा
अरबौंको खेल चलाउन,
निरंकुश, तानाशाही शासनलाई
‘स्थायित्व’ भनेर बेच्न।
एमालेलाई नै भोट किन ?
जेन-जी विद्रोहमा
ढलेका केटाकेटीको रगतलाई
राजनीतिक सिँढी बनाउन,
र फेरि निर्लज्जसाथ सोध्न,
“विकल्प छ र ?”
हो,
त्यसैले एमालेलाई नै भोट किन ?
किनकि
सत्यभन्दा सत्ता प्यारो छ,
जनताभन्दा कुर्सी ठूलो छ,

लाजभन्दा लोभ बलियो छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.