Khulla Bichar Online

कांग्रेसलाई भोट किन ?

कांग्रेसलाई भोट किन ?
कोशी र गण्डक सम्झौताको
इतिहास फेरि दोहोर्याउन,
राष्ट्रिय हितभन्दा पहिले
विदेशी स्वार्थलाई सलाम ठोक्न ।
कांग्रेसलाई भोट किन ?
भ्रष्टाचार र कुशासनलाई
संस्थागत गर्न,
धमिजा,लाउडा काण्डलाई
“गल्ती होइन, अनुभव” भन्न ।
कांग्रेसलाई भोट किन ?
प्रशासन, शिक्षा र प्रहरीलाई
पार्टीको शाखा बनाउन,
राज्य संयन्त्रलाई
नातागोता र सिफारिसको
अड्डा बनाउन ।
कांग्रेसलाई भोट किन ?
४७ सालदेखि चल्दै आएको
लुटधन्दालाई निरन्तरता दिन,
जनताको रगत-पसिनाबाट
नेतृत्वको दरबार सजाउन ।
कांग्रेसलाई भोट किन ?
लोकतन्त्र र गणतन्त्रको नाममा
सत्ता चलाएर
फेरि राजालाई बुझाउने
ढोका खुला राख्न ।
कांग्रेसलाई भोट किन ?
नातावाद, कृपावाद र फरियावादलाई
राजनीतिक संस्कार बनाउन,
योग्यता होइन, चिनजानलाई
राज्यको मापदण्ड बनाउन ।
कांग्रेसलाई भोट किन ?
भ्रष्ट, दलाल, बिचौलिया र माफियालाई
सुरक्षाको घेरा दिन,
भ्रष्टाचारलाई संस्थागत गर्न,
बालमन्दिर र ललिता निवासको
जग्गा हसुर्न ।
कांग्रेसलाई भोट किन ?
भ्रष्टाचारलाई अपराध होइन,
प्रणाली बनाइदिन,
राष्ट्रघाती महाकाली सन्धिमा
ल्याप्चे लगाउन ।
कांग्रेसलाई भोट किन ?
उद्योग-धन्दा निजीकरण गरेर
देश खोक्रो बनाउन,
शिक्षा र स्वास्थ्यलाई
बजारको माल बनाइ
कमिसन खान ।
कांग्रेसलाई भोट किन ?
मुखले परिवर्तन
ब्यबहारले यथास्थितिवादलाई
अमृत जल छर्किन,
नेता धनी बनाउने
जनता गरीब बनाउने
राजनीति जोगाइराख्न,
भारतीय र अमेरिकी
एजेन्ट भई राख्न ।
हो,
त्यसैले कांग्रेसलाई भोट किन ?
किनकि
परिवर्तन डर लाग्दो छ,
सत्ता मीठो छ,

जनता बिर्सिने वस्तु हुन्
चुनाव सकिएपछि ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.