Khulla Bichar Online

तेमालमा नेपाली कम्युनिस्ट पार्टीको ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

तेमाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तेमाल गाउँपालिकामा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। शनिबार सम्पन्न पालिका स्तरीय विस्तारित बैठकले ग्याम्जो लामाको संयोजकत्वमा र सूर्यबहादुर तामाङको सह-संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो।

बैठकले कल्पना लामाको संयोजकत्वमा र विरबल लामाको सह-संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति पनि गठन गरेको छ। आगामी निर्वाचनलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरिएको संयोजक लामाले जानकारी दिए।

विस्तारित बैठकमा नेकपाका केन्द्रीय सदस्य सूर्यमान दोङले व्यवस्थाको रक्षा र राष्ट्रिय स्वाधीनताका लागि नेकपाको जित आवश्यक रहेको बताए। उनले सुशासन कायम गर्न भ्रष्टाचार विरुद्ध कडा रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार तथा नेकपा केन्द्रीय सदस्य दिननाथ गौतम, समानुपातिक उम्मेदवारहरू रामदेवी तामाङ र मिना पाख्रिन, केन्द्रीय सदस्य गंगाबहादुर तामाङ, प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य तथा स्थानीय नेता-कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.