Khulla Bichar Online

रोशी गाउँपालिकामा नेकपाको ५६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

राेशी / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिकामा ५ सय ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
१९ गते सम्पन्न पालिका स्तरीय निर्वाचन परिचालन समितिको विस्तारित बैठकले तिलकबहादुर लामा (नबिन)को संयोजकत्वमा र जगत तामाङको सह–संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सूर्यमान दोङ(लालध्वज)ले व्यवस्थाको रक्षा र राष्ट्रिय स्वाधीनताका लागि नेकपाले निर्वाचन जित्नैपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध दृढतापूर्वक लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य रत्न ढकाल, गंगाबहादुर तामाङ, यशु लामा, पासाङ डोल्मा लामा लगायत प्रदेश कमिटी तथा जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकले फुर्साङ लामाको संयोजकत्वमा निर्वाचन प्रचार–प्रसार समिति गठन गर्नुका साथै नरबहादुर वाइबाको नेतृत्वमा युवा परिचालन विभाग समेत गठन गरेको छ ।
यसैगरी निर्वाचन अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र आगामी फागुण ८ गते कटुन्जेमा भव्य तथा विशाल जनसभा आयोजना गर्ने निर्णय गरिएको संयोजक तिलकबहादुर लामा नबिनले जानकारी दिनुभयो ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.