Khulla Bichar Online

एमाले नेता तथा बाह्रबिसेका पूर्व मेयर निमफुन्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुन्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा शेर्पासहित ठूलो संख्यामा एमालेका नेता तथा कार्यकर्ताहरूले नेकपामा प्रवेश गरेका हुन्।

उक्त कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेर्पासहित नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरे। स्वागत मन्तव्यका क्रममा दाहालले मुलुकमा कम्युनिस्ट शक्ति एकताको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै जनताको भरोसा जित्ने जिम्मेवारी अब नेकपाको काँधमा आएको बताए।

पूर्व मेयर शेर्पा लामो समयदेखि एमालेभित्रको आन्तरिक गुटबन्दी, निर्णय प्रक्रियामा सहभागिताको अभाव तथा जनचाहनाअनुसारको राजनीति नहुनुजस्ता कारणले असन्तुष्ट रहँदै आएका थिए। उनले केही समय अगि एमाले परित्यागकाे घाेषणा समेत गरेका थिए। नेकपाको वैचारिक स्पष्टता, संगठन विस्तार र जनमुखी कार्यक्रमबाट प्रभावित भएर पार्टी प्रवेश गरेको उनले बताए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै शेर्पाले सिन्धुपाल्चोक लगायत बागमती प्रदेशमा नेकपाको संगठन सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी अन्य नेता–कार्यकर्ताहरूले पनि नेकपाले उठाएको राजनीतिक लाइन जनताको अपेक्षाअनुकूल रहेको भन्दै आगामी दिनमा पार्टीलाई बलियो बनाउन एकजुट भएर काम गर्ने बताएका छन्।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता,अग्नि सापकाेटा, केन्द्रीय सदस्यहरु तथा सिन्धुपाल्चोक जिल्लाबाट आएका नेता–कार्यकर्ताहरूको बाक्लाे    उपस्थिति रहेको थियो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.