Khulla Bichar Online

चौरीदेउरालीको माझीफेदा–काठमाडौँ सम्पर्क समितिको विस्तारित बैठक सम्पन्न

काभ्रे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत चौरीदेउराली गाउँपालिका वडा नं. ३ माझीफेदा–काठमाडौँ सम्पर्क समिति तथा गाउँ कमिटीको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ।

आइतबार सम्पन्न बैठकले भोज बहादुर गौतमको संयोजकत्वमा र भूमि बहादुर गौतमको सह–संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

भोज बहादुर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रत्न ढकाल प्रमुख अतिथि रहनुभएको थियो। बैठकमा केन्द्रीय सदस्यहरू रेनुका चौलागाईं, मुकुन्द गौतम र राजीव मोक्तान विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्य तेज पन्थ, प्रदेश कमिटी सदस्यहरू दुर्गा सिंह तामाङ, विनोद घिसिङ, प्रेम लामा लगायत माझीफेदाबाट काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका पार्टी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले निर्वाचन परिचालन, संगठन विस्तार र पार्टी निर्देशन सम्बन्धी प्रशिक्षणात्मक धारणा राख्नुभएको थियो। बैठकले पूर्व नेकपा माओवादी केन्द्र र पूर्व नेकपा एकीकृत समाजवादीबाट काठमाडौँ सम्पर्क तथा गाउँ कमिटीमा रहेका सम्पूर्ण कमरेडहरूलाई निर्वाचन प्रचार–प्रसार तथा परिचालन समितिमा समेट्ने निर्णय गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.