Khulla Bichar Online

खार्पाचोकमा नेकपाको विस्तारित बैठक, ५१ सदस्यीय परिचालन समिति गठन

राेशी/काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिका वडा नं. ८ खार्पाचोकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ।

बैठकले ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। २४ गते सम्पन्न वडा स्तरीय निर्वाचन परिचालन समितिको बैठकले सुजन सिङ लामाको संयोजकत्वमा समिति गठन गरेको हो।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य रत्न ढकालले संविधान र व्यवस्थाको रक्षा तथा सशक्त राष्ट्रिय स्वाधीनताका लागि नेकपाको जीत आवश्यक रहेको बताए। उनले सदाचार, सुशासन र आर्थिक समृद्धि सुनिश्चित गर्न नेकपाको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे।

बैठकमा बागमती प्रदेश सदस्य तिलक बहादुर लामा, रोशी गाउँपालिका अध्यक्ष मानबिर तामाङ, जिल्ला सदस्य उर्गेन लामा र जित बहादुर लामा, अखिल क्रान्तिकारी बागमती प्रदेश उपाध्यक्ष विवेक लामा तथा वाइसीएल पालिका अध्यक्ष असिम लामा लगायतको सहभागिता रहेको थियो।

बैठकले निर्वाचन अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने लगायत महत्वपूर्ण निर्णयहरू गरेको पार्टी वडा सचिव दल बहादुर लामाले जानकारी दिए। सो अवसरमा वडा स्तरीय सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.