
चौरीदेउराली का डाँडाहरू

रगतले राताम्मे भएदेखि
हावा अझै सुस्त छ ।
त्यहाँ लडेका नामहरू
ढुंगामा कुँदिएका छैनन् मात्रै,
हामीले हिँड्ने बाटोमा
पाइलाकाे साहस बनेर उभिएका छन् ।
आकाश च्यातेर चिच्याएका स्वरहरू
अहिले चरा बनेर उड्छन्,
र हरेक चैतमा
फूलहरू मौन सलाम गर्छन्
शहीदप्रतिकाे सम्मान ।
सहिद हुनु भनेकाे
मर्नु मात्र हाेइन,
जनता र भोलिका लागि
उज्यालाे बन्नु हाे ।