Khulla Bichar Online

चौरीदेउराली का डाँडाहरू

चौरीदेउराली का डाँडाहरू

रगतले राताम्मे भएदेखि

हावा अझै सुस्त छ ।

त्यहाँ लडेका नामहरू

ढुंगामा कुँदिएका छैनन् मात्रै,

हामीले हिँड्ने बाटोमा

पाइलाकाे साहस बनेर उभिएका छन् ।

आकाश च्यातेर चिच्याएका स्वरहरू

अहिले चरा बनेर उड्छन्,

र हरेक चैतमा

फूलहरू मौन सलाम गर्छन्

शहीदप्रतिकाे सम्मान ।

सहिद हुनु भनेकाे

मर्नु मात्र हाेइन,

जनता र भोलिका लागि

उज्यालाे बन्नु हाे ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.