Khulla Bichar Online

तामाङ इतिहास र बाेन संस्कृतिमाथि लेखिएको ‘बोनधर्म र तामाङ जाति’ पुस्तक सार्वजनिक

Advertisements

काठमाडौं, कात्तिक १६। तामाङ समुदायको इतिहास, दर्शन, धर्म, संस्कृति र परम्परालाई समेटेर लेखिएको ‘बोनधर्म र तामाङ जाति’ पुस्तक सार्वजनिक गरिएको छ।

फुर्साङ तामाङ मोक्तानद्वारा लिखित पुस्तक सोमबार काठमाडौंको चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सभाहलमा आयोजित समारोहबीच विमोचन गरिएको हो।

प्रतिनिधिसभा सदस्य एवं नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङकाे प्रमुख आतिथ्यतामा पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा स्वयम्भूस्थित रातो बोन गुम्बाका सञ्चालक बोन लामा गुरु गेसे छिरिङ लामा र पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान दाेङ ‘लालध्वज’ विशेष अतिथिका रूपमा उपस्थित थिए।

लेखकका अनुसार पुस्तकमा तामाङ जातिको ऐतिहासिक पृष्ठभूमि, धार्मिक दर्शन, बाेन सांस्कृतिक अभ्यास तथा परम्पराका विविध पक्ष समेटिएका छन्। विशेषगरी बोनधर्म र तामाङ समुदायबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई पुस्तकमा चर्चा गरिएको छ।

तामाङ समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको अध्ययन, खोज र अभिलेखीकरणका दृष्टिले पुस्तकलाई महत्त्वपूर्ण कृतिका रूपमा हेरिएको छ। नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कार, संस्कृति र परम्पराबारे जानकारी गराउँदै पुस्तान्तरण तथा अभिलेखीकरणको आधार तयार गर्न पुस्तकले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, घेदुङका अध्यक्ष रामकृष्ण ब्लाेन तामाङ, निवर्तमान अध्यक्ष मोहन गोले, पूर्वमहासचिव सोमबहादुर घले, सहअध्यक्ष सरोज मोहन माेक्तान, घेदुङका वरिष्ठ उपाध्यक्ष एवं पत्रकार सञ्चु ब्लोन, महासचिव लिलाकुमार ग्लान तामाङ, लेखकहरु रविन्द्र ग्याबक तामाङ,खोजराज गोले ,डुपवाङ्गेल माेक्तान, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष अविरल जिम्बा तथा मोर्चाका उपाध्यक्ष एवं बागमती प्रदेशसभाका पूर्वसांसद हिमाली गोलेलगायत सहभागी थिए।

त्यस्तै,कार्यक्रममा तामाङ समुदायका विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवी तथा साहित्यकार,पत्रकारहरू,लेखकहरुको बाक्लो सहभागिता रहेको थियो।

 

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.