
नेपाली शिक्षण पद्धति भनेको के हो ?
नेपाली शिक्षण पद्धति र कम्युनिष्ट विचारधारबीचको सम्बन्धलाई बुझ्न समाज, शिक्षा, सामाजिक रुपान्तरण,वर्गीय असमान्त जस्ता विषयलाई सँगसँगै अध्ययन र शिक्षण गर्नु आवश्यक रहन्छ । कम्युनिष्ट विचारले शिक्षालाई केवल अक्षर चिन्ने र परीक्षामा पास गर्ने मात्र नभइ श्रम र सिपमा दक्षता हासिल गर्नुका साथै सामाजिक समानता विकास गर्ने । वैज्ञानिक चेतना,आलोचनात्मक सोच विकास गर्ने माध्यमका रुपमा हेर्छ । अझै मार्क्सवादी दृष्टिकोण अनुसार शिक्षा समाजको आर्थिक, सामाजिक र राजनीति संरचनासँग सम्बन्धित हुन्छ । त्यसैले शिक्षाले समाजमा विद्यमान असमान्तलाई निरन्तरता दिने भन्दा पनि परिवर्तन सामान आधारको चेतनाको रुपमा शिक्षालाई लिन सकिन्छ ।
नेपाली शिक्षण पद्धति भनेको के हो ?
नेपाली शिक्षण पद्धति भन्नाले विद्यालयहरुमा विद्यार्थीलाई ज्ञान,सिप,अनुशासन,व्यवहार र संस्कार सिकाउन प्रयोग गर्न गरिने विधि तथा प्रक्रियालाई बुझिन्छ । यसका पनि आफ्नै प्रमुख विशेषताहरु हुन्छन् ।
शिक्षकको निर्देशनमा आधारित शिक्षण,पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित, विद्यार्थी केन्द्रित तथा क्रियाकलापमा आधारित,परियोजना कार्य,प्रयोगात्मक अभ्यास र समूह कार्य, स्थानीय भाषा, संस्कृति, इतिहास र जीवन उपयोगी सिपको प्रयोग,समावेशी तथा समतामुलक र गुणस्तरीय शिक्षामा जोड दिएको पाइन्छ । यसरी नेपालमा परम्परागत शिक्षक केन्द्रित विधिसँगै आधुनिक विद्यार्थी केन्द्रित पद्धति पनि प्रयोग भएको र गरेको पाइन्छ ।
कम्युनिष्ट विचारधाराले विशेषगरी मार्क्सवादी शिक्षा र समाजबीचको सम्बन्धलाई महत्व दिन्छ ।
यसका प्रमुख पक्षहरु निम्न छन् :
वर्गीय असमान्ताको अन्त्य आर्थिक अवस्था कमजोर भएका, दलित, जनजाति,महिला,सिमान्तकृत तथा अपाङ्गता समुदायका बालबालिकाले पनि समान अवसरमा शिक्षा प्राप्त गर्न पाउनु पर्छ भन्ने समान दृष्टिकोण राख्द छ । वैज्ञानिक चेतनाको विकास,विद्यार्थीले कुरीति,अन्धविश्वास र विभेदलाई सिधा प्रश्न गर्न,प्रमाणका आधारमा निष्कर्ष निकाल्न र वैज्ञानिक दृष्टिकोण अपनाउन सिक्नु पर्छ । श्रमको सम्मान,बौद्धिक श्रम,कृषि,निर्माण,सिपमुलक काम र सबैको सामाजिक महत्व बुझाउनु पर्छ । श्रम गर्ने मानिसलाई सानो वा ठुलो भनेर विभेद गर्नु हुदैन भन्ने दृष्टिकोण हुन्छ । आलोचनात्मक चेतना, विद्यार्थीहरुले पुस्तकमा भएको र शिक्षकले भनेको कुरा मात्र कण्ठ नगरी त्यसको कारण,प्रमाण,खोज, अनुसन्धान र विकल्पको बारे पनि सोच्ने गर्छ । सामूहिक भावना र सामाजिक उत्तरदायित्व, एक अर्कालाई सहयोग गर्ने, समूहमा काम गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण र समाजप्रती जिम्मेवार बन्ने भावनाको विकास गर्नुपर्छ भन्ने दृष्टिकोण राख्दछ ।
नेपाली शिक्षण पद्धतिमा मार्क्सवादी दृष्टिकोणको प्रयोगः
शिक्षणको क्षेत्रः नेपाली भाषा, सामाजिक अध्ययन,विज्ञान,गणित,स्थानीय र परियोजना कार्य
प्रयोग गर्न सकिने क्षेत्रः श्रमिक, किसान र आम नागरिकको जीवनसँग सम्बन्धित कथा,कविता,निबन्ध र विश्लेषण,वर्गीय असमान्ता,सामाजिक न्याय,श्रममा आधारित नेपालको सामाजिक परिवर्तन बारे छलफल,प्रयोग,प्रमाण,अवलोकन र वैज्ञानिक तर्कमा आधारित सिकाइ,बजेट,ज्याला,दैनिक जीवन,उत्पादन र वितरणसँग सम्बन्धित समस्याको अध्ययन समुदायको वास्तविक समस्या पहिचान वा विद्यालयको समस्या समाधानको उपाएहरु खोज्ने खालको विधिहरु प्रयोग हुन्छन् । जस्तैः विद्यार्थीलाई हाम्रो समाजमा सबै बालबालिकाले समानरुपमा शिक्षा पाएका छन् कि छैनन् भन्ने प्रश्न दिएर समूहगत छलफल, तथ्य संकलन र निष्कर्ष प्रस्तुती गर्न लगाउन सकिन्छ ।
अब मार्क्सवादी शिक्षशास्त्रीका प्रमुख विचारकका केही व्यत्तिहरुका विचारहरुः
कार्ल माक्सः श्रम,शिक्षा,वर्गीय सम्बन्ध र आर्थिक संरचनाबीचको सम्बन्ध बुझ्न योगदान दिएका विचारक हुन् । फ्रेडरिक एङ्गेल्सः माक्ससँग मिलेर वर्गीय समाज,श्रम र सामाजिक परिवर्तन सम्बन्धित विचारको विकास कारका व्यत्ति हुन् ।
पाउलो फेरेः आलोचनात्मक शिक्षाशास्त्रीका प्रभावशाली वैज्ञानिकका रुपमा लिन सकिन्छ ।
नेपालको सन्दर्भमा कस्तो खालको शिक्षण पद्धति उपयुक्त हुन्छन् ?
नेपालको सामाजिक,आर्थिक,भाषिक र साँस्कृतिक विविधतालाई सिरोपर गरेर शिषण गरिन्छ,भने मार्क्सवादी दृष्टिकोणमा प्रभावित शिक्षण गर्नु र विद्यालयलाई राजनीतिक दलको प्रचारको माध्यम बताउनु फरक रुपमा लिइन्छ र विद्यालयको शिक्षण पाठ्यक्रम, विद्यार्थीको उमेर, शैक्षिक उद्देश्य समावेशीता र आलोचनात्मक सोचसँग मेल खाने हुनु पर्छ भन्ने हुन्छ । त्यसैले मूलभूत रुपमा नेपाली शिक्षण पद्धतिलाई कम्युनिष्ट तथा मार्क्सवादी दृष्टिकोणबाट अध्ययन गर्दा शिक्षा सामाजिक समानता, सामाजिक रुपान्तरण र वैज्ञानिक चेतनासँग जोडीएको विषय हो भन्ने सारमा बुझिन्छ ।
रत्न सुनुवार