Khulla Bichar Online

चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौँ/ चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको पुष्टि भएको छ। भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तामाङको आइतबार दिल्लीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएका छन्।

उनको हृदयघातबाट निधन भएको प्रारम्भिक जानकारी आएको छ।

दार्जिलिङमा जन्मेका तामाङ नेपाल र भारत दुबै तर्फ लोकप्रिय थिए। नेपाली भाषाका गायक र केही नेपाली चलचित्रमा अभिनेता समेत रहेका उनले आफ्नो संगीत तथा अभिनयमार्फत ठूलो प्रशंसा पाएका थिए।

उनले इन्डियन आइडल ३ जितेर ठूलो पहिचान बनाएका थिए र पछिल्लो समय सङ्गीत तथा अभिनयसम्बन्धी काममा व्यस्त रहेका थिए।

यस दुखद् घटनाप्रति कलाकार, प्रसंशक तथा शुभचिन्तकहरू सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.