Khulla Bichar Online

“घर”

• राजेश खाेटाङ्गे

उतिबेला

याे घर फलानाकाे जस्तो हुन्थ्यो

त्यतिबेला

याे झुपडी चिलानाकाे जस्तो हुन्थ्यो ।

मेरो पालामा

हाम्रा पालामा

अक्सर यस्ता घरहरू

गरीबका हुन्थे

अनि ती गरिबहरू

अहिलेका दलित साे सरह हुन्थे ।

यदाकदा

गरीब र दलितका बिचार साझा हुन्थे ।

घर सानाे छ

धन नभएकोले

अभाव झल्किन्छ

तर

अभावमा बाँच्नेहरुकाे

मन फराकिलो हुन्छ

तिनै फराकिलो मन भित्र भगवानकाे बास हुन्छ ।

देख्दा झुपडी

मान्दा महल ।

अभाव भित्र

न्यानो गरिबी

गरिबी भित्र

सुन्दर संसार ।

यति मकै फल्ने कति हाेला बारी

परिवार पाल्ने ठूलो जिम्मेवारी

सानो छ दलान

सबै कुरा अटेकाे

गरिबी हटाउन

घरमुली छ खटेकाे ।

चिटिक्क परेको रहेछ पाली

अवस्था हेर्दा छिमेकी छ जाली ।

अगेनाे र ओछ्यान पनि सँगै हाेला

यसरी नै बितेको छ दुखीकाे चाेला ।

अँ सुन्नुस् त

म पनि यस्तै घरमा जन्मेको हाे भन्न

लाज नमान्नु हाेला है ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.