
• राजेश खाेटाङ्गे

उतिबेला
याे घर फलानाकाे जस्तो हुन्थ्यो
त्यतिबेला
याे झुपडी चिलानाकाे जस्तो हुन्थ्यो ।
मेरो पालामा
हाम्रा पालामा
अक्सर यस्ता घरहरू
गरीबका हुन्थे
अनि ती गरिबहरू
अहिलेका दलित साे सरह हुन्थे ।
यदाकदा
गरीब र दलितका बिचार साझा हुन्थे ।
घर सानाे छ
धन नभएकोले
अभाव झल्किन्छ
तर
अभावमा बाँच्नेहरुकाे
मन फराकिलो हुन्छ
तिनै फराकिलो मन भित्र भगवानकाे बास हुन्छ ।
देख्दा झुपडी
मान्दा महल ।
अभाव भित्र
न्यानो गरिबी
गरिबी भित्र
सुन्दर संसार ।
यति मकै फल्ने कति हाेला बारी
परिवार पाल्ने ठूलो जिम्मेवारी
सानो छ दलान
सबै कुरा अटेकाे
गरिबी हटाउन
घरमुली छ खटेकाे ।
चिटिक्क परेको रहेछ पाली
अवस्था हेर्दा छिमेकी छ जाली ।
अगेनाे र ओछ्यान पनि सँगै हाेला
यसरी नै बितेको छ दुखीकाे चाेला ।
अँ सुन्नुस् त
म पनि यस्तै घरमा जन्मेको हाे भन्न
लाज नमान्नु हाेला है ।