Khulla Bichar Online

नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’

काठमाडौं । प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ ।

काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् ।

‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरु, तपाईंहरुलाई यहाँबाट पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,’ प्रहरीहरुले माइकिङ गरेर भनिरहेका छन् ।

धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.