Khulla Bichar Online

तिमीहरूको नजरबाट टाढा छु!

तिमीहरूको नजरबाट टाढा छु!

• राजीव माेक्तान तामाङ

तिमीहरूको नजरबाट टाढा छु

किनकि म तिमीहरू जस्तो देख्दिन !

म झ्योमाे लुङमा गाङ् भन्छु,

तिमीहरू सगरमाथा भन्छौ ।

म याम्बु,खाेपाेङ र हेराङ भन्छु

तिमीहरु अर्कै अर्कै खै के के भन्छाैं ।

 

जुन मेरो लागि राजधानी होइन,

मेराे लागि त्यो सम्झनाको ईतिहास हो

जहाँबाट लस्करै हिँडेका थिए मेरा पुर्खाहरु

ढाँकिएका थिए,वरिपरिका डाँडापाखाहरु

बनाएका थिए,डम्फु र तामसालिङ

 

आरानमा फलाम चुटिरहेका बिसेलाई

म शिल्पी भन्छु र सलाम गर्छु

तिमीहरु कामी भन्छाैं र छि छि गर्छाैं ।

बगरमा गिटी फाेरीरहेका हर्क राईलाई

म सिर्जनशील भन्छु र सलाम गर्छु

सहरको सिसाकाे झ्यालबाट हेरेर

तिमीहरु पटमुर्ख पागल मेयर भन्छाैं।

अ हाे! हेर त कति फरक छ हाम्रा नजरहरुमा?

 

तिमीहरूले पटमुर्ख देख्यौ, मैले श्रम र सिर्जशिल देखेँ

तिमीहरूले अछुत देख्याैं,मैले श्रम र जीवन देखेँ

उनीहरुकाे ज्यावल,हथौडा र हिँउजस्तो अनुहारमा।

मैले देशकाे भबिस्य देखे,फुटेका ती हत्केलाहरुमा ।

त्यसैले! म तिमीहरूको नजरबाट टाढा छु।

 

म माटो सुँघेर भाषा बुझ्ने काेशिष गर्छु

शब्द शब्द होइन, ध्वनि ध्वनि सुन्छु।

तिमीहरु अरुलाई गिजाईरहन्छाै।

म पुर्खाको पाइला पाइला पछ्याउँछु,

चिहानहरूमा हाँस्ने विरासत बचाउँछु।

त्यसैले! म तिमीहरूको नजरबाट टाढा छु।

 

म बाङ्गालाई सिधा भन्दिन

म सिधालाई टेडाे ठान्दिन

महाराज हजुरकाे पहिरन कति सुहाँकाे भन्दै

म कसैलाई नाङ्गै पार्दिन

म आफ्नै पदमार्गमा छु

त्यसैले तिमिहरुकाे नजरबाट धेरै टाढा छु।

किनकि म आत्मसम्मानको बाटो छु

म अझै पनि आफ्नो भाषामा

तिमीहरूलाई ‘शुभकामना’ भन्न रुचाउँछु।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.